पुँजी बजारमा थप टेवा पुग्ने योजनासहित अर्थ मन्त्रालयले तत्काल यी ३० काम गर्ने


  • Himalayan Bank Limited (HBL)
पुँजी बजारमा थप टेवा पुग्ने योजनासहित अर्थ मन्त्रालयले तत्काल यी ३० काम गर्ने

अर्थ मन्त्रालयले एक सय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्य योजना तयार पारेको छ। अर्थ मन्त्रालयले सय दिनमा के-के काम गर्ने र सम्बन्धित काम गर्दा अर्थतन्त्रमा कस्तो परिमाण निस्कन्छ भन्नेसहितको खाका तय गरेको हो।

कार्य योजनामा मुलुकको समग्र अर्थतन्त्र  सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रूत गस्ती टोली गठन गरी परिचालन गर्ने लगायत छन्। 

यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधिसम्मत रूपमा सिर्जित दायित्व यकिन गरी भुक्तानी गर्ने उल्लेख गरिएको छ। 

Read More