रुरल डेभलपमेन्ट सहकारीका अध्यक्ष आङबाबु राई पक्राउ


  • Himalayan Bank Limited (HBL)
रुरल डेभलपमेन्ट सहकारीका अध्यक्ष आङबाबु राई पक्राउ

काठमाडौं । बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको अभियोगमा सोह्रखुट्टेका रुरल डेभलपमेन्ट ऋण तथा बचत सहकारीका अध्यक्ष आङबाबु राई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनमा सोह्रखुट्टे प्रहरी वृतले राईलाई गत साता पक्राउ गरेर अनुसन्धान थालेको छ ।

काठमाडौं महानगरपालिकाले पठाएको प्रतिवेदन र बचतकर्ताको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अध्यक्ष आङबाबु राईसहित सचिव विनोदमणि राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भए पनि दुई जना फरार रहेको सोह्रखुट्टे प्रहरीले जानकारी दिएको छ ।

Read More