काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, ०८१’ स्वीकृत गरेको छ । मन्त्रालयले गएको साउन ३० मा कार्यविधि स्वीकृत गरेको हो । विनियोजन विधेयकअनुसार कार्यविधि ल्याइएकाले स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न हरेक वर्ष कार्यविधि स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।
कार्यविधि स्वीकृत भइसकेकाले चालु आर्थिक वर्षका लागि पनि कर्जा प्रवाहका लागि छिट्टै प्रक्रिया अघि बढाइने प्रतिष्ठानले जनाएको छ ।


