लाखौँ फलोअर्स भएको एउटै व्यक्तिको कारण बैंकिङ्ग प्रणाली नै कोल्याप्स हुने अवस्था बन्यो: गभर्नर


  • Himalayan Bank Limited (HBL)
लाखौँ फलोअर्स भएको एउटै व्यक्तिको कारण बैंकिङ्ग प्रणाली नै कोल्याप्स हुने अवस्था बन्यो: गभर्नर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसको दुरुपयोग गरिदिँदा त्यसले बैंकिङ्ग प्रणालीमा असर पुगेको भन्दै त्यस्ता व्यक्तिहरूमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताएका छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा गभर्नर अधिकारीले ऐनमा नै त्यस्ता व्यक्तिले कसुर गरेको ठहर्ने गरी व्यवस्था राख्न जरुरी रहेको औँल्याएका छन् । उनले भने ‘एकजना व्यक्तिका पछाडि लाखौँ फलोअर्स छन् । त्यो व्यक्तिले यो बैंक डुब्दै छ, यो बैंक सुरक्षित छ, जस्ता कुरा गरेर बैंकको पैसा नतिरौँ मिनाहा गरिदिन्छु भनेर आह्वान गर्ने र उसका १० हजार फलोअर्सले मात्रै केही समय पैसा तिरिदिएनन् वा बैंकमा लाइन लागे भने बैंकिङ्ग प्रणाली नै कोल्याप्स हुने अवस्था रहेको बताएका छन् ।’

Read More