चार वर्ष अघिको तुलनामा धानबाट हुने खुद आम्दानी किसानका लागि उस्तै


  • Himalayan Bank Limited (HBL)
चार वर्ष अघिको तुलनामा धानबाट हुने खुद आम्दानी किसानका लागि उस्तै

काठमाडौँ । चार वर्ष अघिको तुलनामा महँगी निकै बढे पनि धान खेती गर्ने कृषकको आम्दानीमा खासै परिवर्तन हुन सकेको छैन । प्रतिक्विन्टल धान उत्पादनको लागत र समर्थन मूल्यका आधारमा कृषकले गर्ने आम्दानी चार वर्षमा खासै फरक नदेखिएको हो ।

आर्थिक वर्ष २०७७-०७८ मा मोटा धान प्रतिक्विन्टल उत्पादन लागत दुई हजार १०३ रुपैयाँ रहेकोमा धानको समर्थन मूल्य दुई हजार ७३५ रुपैयाँ तोकिएको थियो । एक क्विन्टल धान बेच्दा किसानले लागत कटाएर जम्मा ६३२ रुपैयाँमात्र आम्दानी गर्दथे ।

Read More