विदेशमा रहेका १० लाख ३६ हजार नेपाली श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध


  • Himalayan Bank Limited (HBL)
विदेशमा रहेका १० लाख ३६ हजार नेपाली श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका १० लाख ३६ हजारभन्दा बढी नेपाली श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् । सामाजिक सुरक्षा कोषको तथ्याङ्क अनुसार २०७९ चैत ८ गतेदेखि आजको दिनसम्म उक्त सङ्ख्यामा श्रमिक सुरक्षा योजनामा आबद्ध भएका हुन् ।

कोषमा आबद्ध हुने श्रमिकको सङ्ख्या छोटो समयमा बढे पनि त्यसको निरन्तरता भने निकै कम देखिएको छ । हाल ६० हजारको हाराहारीमा मात्रै वैदेशिक रोजगारीमा रहेका श्रमिकले कोषमा नियमित योगदान गर्दै आएका छन् । कोषका प्रवक्ता विवेक पन्थीले कोषमा आबद्धता सङ्ख्या निकै बढी भए पनि नियमित योगदानकर्ता भने न्यून रहेको बताए ।

Read More