भ्रष्टाचार मुद्दा लागे पनि निलम्बन गर्न नहुने पक्षमा सांसदहरू


  • Himalayan Bank Limited (HBL)
भ्रष्टाचार मुद्दा लागे पनि निलम्बन गर्न नहुने पक्षमा सांसदहरू

काठमाडौँ — सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर हुनेबित्तिकै निलम्बन हुने व्यवस्था हटाउन सांसदहरू एकमत देखिएका छन् । मुद्दा दायरलगत्तै निलम्बन हुने कानुनी व्यवस्था बदल्नुपर्ने सांसदहरूको धारणा छ । 

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा सांसदहरूले भ्रष्टाचार मुद्दा दर्ता हुनेबित्तिकै पद निलम्बन हुने व्यवस्थामा पुनर्विचार गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

Read More