आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक बसेकाे छ । बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल हुँदैछ ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्वप्रस्थान अभिमुखिकिकरण तालिम प्रदायक संस्थामा वैदेशिक रोजगार विभागबाट भएको अनुगमन तथा कारवाहीका सम्बन्धमा छलफल, वैदेशिक रोजगार संस्थाहरूको नवीकरण प्रक्रिया तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निवेदन उपर छलफल, श्रमसँग सम्बन्धित कानून समसामयिक बनाउने सम्बन्धमा मन्त्रालयको तयारीका सम्बन्धमा छलफल, हवाई टिकट आपूर्तिमा भएको आर्थिक अनियमितताका सम्बन्धमा इपीएसमार्फत दक्षिण कोरिया जाने कामदारहरूबाट प्राप्त उजुरीमाथि छलफल हुनेछ ।
त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन स्म्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्ध्मा संशोधन प्रश्तावमाथि सदस्यहरुसँग छलफल गर्ने कार्यसूचि रहेको छ ।



