काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा केही घटेको छ ।
अघिल्लो वर्ष कम्पनी रू.४ करोड ७२ लाख नोक्सानीमा रहेकोमा गत वर्ष घटेर रू. ३ करोडमा झरेको छ । गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेकाले नोक्सानी घटेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ६ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ ।



