पेट्रोलको मूल्यमा ५ रुपैयाँले कटौती, शुक्रबारदेखि लागू हुने


  • Himalayan Bank Limited (HBL)
पेट्रोलको मूल्यमा ५ रुपैयाँले कटौती, शुक्रबारदेखि लागू हुने

काठमाडौं l नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ। निगम सञ्चालक समितिको बिहीबारको बैठकले पेट्रोलको प्रतिलिटर मूल्यमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर मूल्यमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्यमा आएको घटबढपछि, नेपाल आयल निगमले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरेको हो। अब पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ कायम रहने भएको छ ।