भारती एयरटेलले ब्रिटिश टेलिकमको २४.५ प्रतिशत शेयर किन्ने


  • Himalayan Bank Limited (HBL)
भारती एयरटेलले ब्रिटिश टेलिकमको २४.५ प्रतिशत शेयर किन्ने

काठमाडौँ — भारती इन्टरप्राइजेजले झन्डै ४ अर्ब अमेरिकी डलर तिरेर बेलायतको ब्रिटिश टेलिकम (बीटी) समूहसँग अल्टिस युकेको २४.५ प्रतिशत शेयर खरीद गर्ने घोषणा गरेको छ । भारतको दोस्रो ठूलो मोबाइल कम्पनी भारती एअरटेलको स्वामित्व रहेको भारती समूहले आफ्नो लगानी फर्म भारती ग्लोबलमार्फत सो स्वामित्व खरीद गर्न लागेको हो ।

मोबाइल, ब्रोडब्यान्ड र फाइबर इन्टरनेटसँगै उत्पादन क्षेत्र, बीमा, घरजग्गा, खाद्यान्न, सेवासँगै अनेकौं व्यवसायमा लगानी रहेको भारती समूहको एसिया र अफ्रिकामा गरी १७ देशमा मोबाइल र इन्टरनेट प्रयोगकर्ताहरू रहेका छन् । बीटी समूहको सबैभन्दा ठूलो शेयरधनी बन्ने तयारीमा रहेको भारती समूहको बेलायती टेलिकम बजार प्रवेशलाई विश्लेषकहरूले भारतीय कम्पनीको विश्वव्यापी बजारमा प्रभाव बढाउने रणनीतिक कदम र टेलिकम क्षेत्रको एक उल्लेख्य सम्झौता भएको टिप्पणी गरेका छन् ।

Read More