शेयर बजारमा २९ अर्ब बढीको कारोबारसँगै नयाँ कीर्तिमान


  • Himalayan Bank Limited (HBL)
शेयर बजारमा २९ अर्ब बढीको कारोबारसँगै नयाँ कीर्तिमान

काठमाडौं- साउन महिना र साताको अन्तिम कारोबारका दिन बिहीबार शेयर बजार कारोबार रकम नयाँ कीर्तिमान कायम भएको छ । नयाँ सरकार बनेसँगै पछिल्लो एक महिनादेखि नेपाली पुँजीबजारमा नयाँ नयाँ रकर्ड बन्दै गएको छ । सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार गरेर नयाँ रेकर्ड नेप्सेले बिहीबार तोडेको छ ।

गत सोमबारको शेयर बजार कारोबारमा २७ अर्ब २४ करोड रुपैयाँ कारोबार भएकोमा बिहीबार उक्त कारोबार रकमलाई तोड्दै उच्च रेकर्ड कायम भएको हो । कारोबार रकममा नयाँ रेकर्ड बनाउँदै नेप्से परिसूचक ४३.०५ अंकले बढेर तीन हजार दशमलव आठ एक विन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन नेप्से भने साढे १ प्रतिशत बढेर तीन हजार विन्दुभन्दा माथि पुगेको हो ।

Read More