लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको बिहीबार विशेष साधारणसभा सम्पन्न भएको छ । पोखराको न्यूरोडस्थित कम्पनीको प्रधान कार्यालयमा सम्पन्न सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यसैगरी, सोही सभाले आईपीओ निष्कासनपछि संकलन हुने पूँजीको उपयोग गर्नेसम्बन्धी अर्को विशेष प्रस्ताव पनि पारित गरेको छ ।
साथै सभाले आईपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विशेष प्रस्ताव पनि पारित गरेको छ ।


