चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
खुद नाफा
चन्द्रागिरी हिल्सको खुद नाफा ९९.३९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको असार सम्ममा कम्पनीको यो नाफा २२ करोड ३३ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ करोड २० लाख रुपैयाँ रहेको थियो।
बढ्यो आम्दानी
कम्पनीको आम्दानी भने बढेको देखिएको छ। गत असार सम्म कम्पनीको आम्दानी १ अर्ब रहेको छ जुन अघिल्लो वर्ष ९१ करोड ३४ लाख रहेको थियो। यो आम्दानी ९.४९ प्रतिशत बढेको हो। यसको असर कुल आम्दानीमा देखिएको छ जुन ८.८० प्रतिशत बढेको देखिन्छ।



