हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग एक वर्षमा ५२ दिनमात्र सञ्चालन भएको छ । २०८० साउनदेखि २०८१ असारसम्मको अवधिमा उद्योग ५२ दिनमात्र चलेको हो ।
कोइला अभाव र मेशिन मर्मतका लागि लामो समय उद्योगमा बन्द गर्नु परेको उद्योगका प्राविधिक फाँटका नितिन कर्णले जानकारी दिए । कर्णका अनुसार २०८० को साउनयता भदौमा ११ दिन, असोजमा १८ दिन, माघमा ८ दिन र फागुनमा १५ दिनगरी उद्योग जम्मा ५२ दिन चलेको हो । यस्तै उनले चालु आर्थिक वर्षको साउन महिनामा एक दिनमात्र उद्योग चलेको जानकारी दिए ।



