बंगलादेशमा हिंसात्मक प्रदर्शन र राजनीतिक उथलपुथलपछि अहिले मुद्रास्फीतिका कारण अवस्था नाजुक बन्दै गएको छ । बंगलादेश तथ्याङ्क ब्यूरोका अनुसार जुलाईमा मुद्रास्फीति दर ११.६६ प्रतिशत रहेको छ । जुन पछिल्लो १२ वर्षको उच्च स्तर हो।
विवादास्पद राेजगारको कोटा प्रणाली विरुद्धको चर्को विद्यार्थी आन्दोलनका कारण यस्तो अवस्था आएको हो । ढाका ट्रिब्यून अखबारका अनुसार बंगलादेशमा मुद्रास्फीति दर जुन महिनामा ९.७२ प्रतिशत थियो।
बंगलादेशको तथ्याङ्क ब्यूरोले सोमबार सार्वजनिक गरेको तथ्यांकले जुलाईमा खाद्य मुद्रास्फीति १४.१० प्रतिशत र गैर-खाद्य मुद्रास्फीति ९.६८ प्रतिशतको कीर्तिमानी उच्च रहेको देखाएको छ । जुनमा यी दरहरू क्रमशः १०.४२ प्रतिशत र ९.१५ प्रतिशत थिए ।



