पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्धको रिट उच्च अदालतले गर्‍यो खारेज


  • Himalayan Bank Limited (HBL)
पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्धको रिट उच्च अदालतले गर्‍यो खारेज

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया विरुद्धको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।

पर्यटन बोर्डको रिक्त सीईओ पद पूर्तिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव चक्र बुढाको नेतृत्वमा बोर्डकै सदस्य मदन आचार्य र मिलन देवकोटा सम्मिलित तीन सदस्यीय पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस उपसमिति बनेको थियो । तर,  उक्त उपसमिति नै गैरकानुनि रहेको भन्दै बोर्डका ११ जना कर्मचारीहरूले सीईओ नियुक्ति प्रक्रिया नै खारेज गर्न भन्दै २०८१ वैशाख ९ गते उच्च अदालत पाटनमा रिट हालेका थिए । 

Read More