काठमाडौं : नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ्ग मिल्सको वित्तीय विवरणबारे केन्द्रीय अनुसन्धान ब्युरो 'सिआईबी'को पत्रको जवाफ पठाएको छ। रिलायन्सको वित्तीय विवरणमा कसुर नदेखिएकोले सिआईबीको अनुसन्धान आवश्यक नभएको जवाफ धितोपत्र बोर्डले पठाएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार धितोपत्र बोर्डले साउन २४ गते सिआईबीलाई जवाफ पठाएको हो। करिब ४८ पृष्ठ लामो जवाफ पत्रमा रिलायन्सको वित्तीय विवरण बदनियततापूर्वक भएको नभेटिएकाले थप अनुसन्धान आवश्यक नपर्ने उल्लेख छ।



