सुनचाँदी व्यवसायमा अब नयाँ मापदण्ड, गहनामा हट्यो जर्ती र ज्याला !


  • Himalayan Bank Limited (HBL)
सुनचाँदी व्यवसायमा अब नयाँ मापदण्ड, गहनामा हट्यो जर्ती र ज्याला !

सुनचाँदी व्यवसायमा आगामी भदौ १ गतेदेखि नयाँ व्यावसायिक अचार संहिता लागू हुने भएको छ।

सुनचाँदी व्यवसायमा आबद्ध व्यवसायीहरुको तीन वटा महासंघ सम्बद्ध पदाधिकारीहरुले यो आचार संहिता अनिवार्यरुपमा कार्यन्वयन गर्नुपर्ने जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। 

बिजपाटीलाई प्राप्त  ‘व्यावसायिक अचार संहिता २०८१’ अनुसार भदौदेखि गहनामा जर्ती र ज्याला भन्ने शब्द उल्लेख हुने छैन। २०८१ साल भदौ १ गतेदेखि गहनामा ‘जर्ती’ को  स्थानमा ‘निर्माण क्षति’ र ‘ज्याला’ को स्थानमा ‘निर्माण शुल्क’ भन्ने शब्द उल्लेख गरिने छ ।

Read More