नेपालगन्ज, साउन ३० गते । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र अन्तर्गतको खजुरा उप वितरण केन्द्रले गत आर्थिक वर्षमा ९५ प्रतिशत भन्दा बढी बक्यौता विद्युत महसुल असुली गरेको छ ।
खजुरा उप वितरण केन्द्रका प्रमुख हिरामणी घर्तिमगरले दिनुभएको जानकारी अनुसार गत आर्थिक वर्ष ०८०-०८१ मा खजुरा क्षेत्रका विद्युत महसुल नबुझाउने ग्राहकहरुबाट एक करोड ५६ लाख बढी अर्थात ९५ प्रतिशत भन्दा बढी महसुल असुली गरिएको छ । खजुरा उप वितरण केन्द्र अन्तर्गतका विद्युत महसुल नबुझाउने ६९० जना ग्राहकको लाइन काटिएकोमा ६५९ जना ग्राहकबाट एक करोड ५६ लाख आठ हजार ७६२ रुपियाँ असुली गरिएको प्रमुख घर्तिमगरले बताउनुभयो ।



