डेढ अर्ब रुपैयाँ भ्रष्टाचारको मुद्दाले निगमका कर्मचारीमा भागाभाग, तीन वटा जहाज खरिद प्रक्रिया अलपत्र


  • Himalayan Bank Limited (HBL)
डेढ अर्ब रुपैयाँ भ्रष्टाचारको मुद्दाले निगमका कर्मचारीमा भागाभाग, तीन वटा जहाज खरिद प्रक्रिया अलपत्र

काठमाडौँ । नेपाल वायुसेवा निगमले अघि बढाएको तीन वटा ट्वीनअटर जहाज खरिद प्रक्रिया बिचमै रोकिन पुगेको छ । खासगरी यसअघिको वाइडबडी जहाज खरिदमा करिब डेढ अर्ब भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै निगमको नयाँ जहाज खरिद प्रक्रिया बिचमै प्रभावित बन्न पुगेको हो ।

२०८० चैत २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा अनियमितता भएको भन्दै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनालाई प्रतिवादी बनाइ १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Read More