काठमाडौँ । कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका अभियुक्तहरू धमाधम सर्वोच्च अदालत पुग्न थालेका छन् । कर फर्छ्यौट आयोग मार्फत करोडौँ राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेपछि उनीहरू थुनामै बसेर सर्वोच्चमा पुनरावेदन गर्न थालेका हुन् ।
केही दिन अघि आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा सर्वोच्च पुगेका थिए । शर्माले साउन १५ गते पुनरावेदनसँगै बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए ।



