राजस्व संकलन लक्ष्यमा अघिल्लो सरकार कमजोर


  • Himalayan Bank Limited (HBL)
राजस्व संकलन लक्ष्यमा अघिल्लो सरकार कमजोर

काठमाडौं : सरकारले गत आर्थिक वर्ष ३ खर्ब ७ अर्ब भन्सार कर उठाउने लक्ष्य राखेको थियो। तर, उठ्यो जम्माजम्मी, २ खर्ब १ अर्ब। अर्थात् लक्ष्यको ६५.५९ प्रतिशत मात्रै भन्सार कर उठ्यो। अचम्मको कुरा, शिक्षा सेवा शुल्क कर भने एक्कासि बढ्यो।

२ अर्ब ८१ करोड २ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा ३ अर्ब २६ करोड ३८ लाख रुपैयाँबराबर शिक्षा सेवा शुल्क कर उठ्यो। जुन, ११६.१४ प्रतिशत हो। यसबाट स्पष्ट हुन्छ– विदेश पढ्न जाने विद्यार्थीको संख्या बर्सेनि कसरी बढिरहेको छ भन्ने। अर्कोतिर, मुलुकमा पछिल्ला वर्ष सरकारी लक्ष्यभन्दा निकै कम राजस्व उठ्दै आएको छ। विज्ञहरू सरकारले ‘अविश्वसनीय रूपमा राजस्वको लक्ष्य’ राख्न थालेको आरोप पनि लगाउन थालेका छन्।

Read More