नागढुंगा शुरूङमार्ग आयोजना सञ्चालनका लागि विदेशी कम्पनी ल्याउने तयारी


  • Himalayan Bank Limited (HBL)
नागढुंगा शुरूङमार्ग आयोजना सञ्चालनका लागि विदेशी कम्पनी ल्याउने तयारी

काठमाडौं । नेपालसँग शुरूङमार्ग सञ्चालनको अनुभव नभएको भन्दै सरकार नागढुंगा शुरूङमार्ग सञ्चालनका लागि विदेशी कम्पनी ल्याउने प्रयासमा लागेको छ ।

सडक विभागले देशकै पहिलो यो शुरूङमार्ग आयोजनाको सबै काम २०८२ असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसअघि विदेशी कम्पनीमार्फत उक्त सडक खण्ड सञ्चालन गर्न आवश्यक तयारीमा विभाग लागेको हो । 

‘शुरूङमार्ग सम्पन्न गरेसँगै यसका सुरक्षाका विषय, ट्राफिक व्यवस्थापन, अग्नि नियन्त्रण, शुरूङमार्ग प्रयोगकर्ताबाट उठाउने टोल (शुल्क), मर्मतसम्भारजस्ता कुराहरू एकैपटक व्यवस्थापन गर्नुपर्छ । यसका लागि सडक विभागसँग अनुभव छैन,’ आयोजनाका एक अधिकारीले आर्थिक अभियानसँग भने, ‘त्यसकारण यो शुरूङमार्ग सञ्चालनका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर अनुभवी विदेशी कम्पनी ल्याउने योजनामा हामी छौं ।’

Read More