नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । खरेलले प्राधिकरणमा बसेर कुलमानले भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका हुन् ।
‘एन्टिकरप्सन नेटवर्क’ को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको खरेलले बताएका छन् ।



