साउन ६, काठमाडौं (अस) । नेपाल धितोपत्र बोर्डले आठ कम्पनीलाई सि आस्बामार्फत शेयरमा आवेदन दिनको लागि रोक लगाएको छ । आइतवार १५ कम्पानीको कारोबारमा रोक लगाएको थियो । ति मध्ये सात कम्पनीले नविकरणको शुल्क बुझाएका छन् भने बाँकीको आस्बा कारोबार रोकिएको छ ।
बोर्डबाट ६४ कम्पनीले सि आस्बाको सदस्य लिएका छन् । ४७ कम्पनीले समयमानै नविकरण शुल्क बुझाएका थिए । धितोपत्र बोर्डेले २०७६/७७ को लागि आस्बा नविकरण गर्न सूचना जारी गरेको थियो तर यि कम्पनीहरुले नविकरण शुल्क नबुझाएका कारण रोक्का गरेको सेबोनले जानकारी दिएको छ ।








