नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रिलायन्स स्पिनिङ्ग मिल्सको वित्तीय विवरणबारे केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबि) को पत्रको जवाफ पठाएको छ। रिलायन्सको वित्तिय विवरणमा कसुर नदेखिएकोले सीआईबिको अनुसन्धान आवश्यक नभएको जवाफ धितोपत्र बोर्डले पठाएको स्रोतले जनाएको छ।
स्रोतकाअनुसार धितोपत्र बोर्डले यहि साउन २४ गते सीआईबिलाई जवाफ पठाएको हो। करिब ४८ पृष्ठ लामो जवाफ पत्रमा रिलायन्सको वित्तिय विवरण बदनियतपुर्व भएको नभेटिएकोले थप अनुसन्धान आवश्यक नपर्ने उल्लेख छ।



