२५ मेगावाट(मेवा) क्षमताको सेती नदी जलविद्युत् आयोजनाको निर्माण सकिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण शुरु भएको हो।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले बताएको छ।
‘आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ। यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौं। त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने) को काम शुरू हुन्छ,’ प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भने।


