नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणको प्रारम्भिक अनुसन्धान गरेर तयार पारेको फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाएको छ।
धितोपत्र बोर्डले आफैँले आइपीओ अनुमति दिएको रिलायन्स स्पिनिङको वित्तीय विवरणको प्रारम्भिक अनुसन्धान गरी फाइल तयार पारेर शुक्रबार सीआईबीमा पठाएको र थप अनुसन्धान सीआईबीले अघि बढाउने धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले बताए । बोर्डले गरेको प्रारम्भिक अध्ययनमा के छ भन्नेबारे भने प्रवक्ता अधिकारीले खुलाउन चाहेनन् ।



