एनसेल शेयर खरीदविक्री प्रकरण : म्याद तामेल नभएपछि सर्वाेच्चले विपक्षीहरूसँग माग्यो लिखित जवाफ


  • Himalayan Bank Limited (HBL)
एनसेल शेयर खरीदविक्री प्रकरण : म्याद तामेल नभएपछि सर्वाेच्चले विपक्षीहरूसँग माग्यो लिखित जवाफ

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरीदविक्री मुद्दामा म्याद तामेल नभएपछि सर्वाेच्च अदालतले विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ । 

सर्वाेच्चले सोमवार (आज) एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरी विपक्षीहरू रनोल्ड्र होल्डिङ्स लिमिटेड र स्पेक्ट्रोलाइट बेलायती कम्पनीको स्वामित्व रहेको शतिश लाल आचार्यसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । 

‘रिट निवेदक अमरेश कुमार सिंह र विपक्षी तपाईंसमेत भएको उत्प्रेषणलगायत उपयुक्त आदेश जारी गरिपाउँ भन्ने ०८०–डब्ल्युओ–०५२९ निवेदन मिति २०८०/०९/०३ मा एक न्यायाधीशको इजलाससमक्ष पेश हुँदा भएको आदेश र रिट निवेदनको प्रतिलिपि एक/एक प्रतिसमेत सूचना म्याद साथ संलग्न गरी तपाईंको नाउँमा म्याद सूचना जारी गरिएकोमा उक्त सूचना म्याद बेपत्ते तामेली भई आएकाले रीतपूर्वक म्याद तामेल हुन नसकेकाले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ (२२) (२३) (२४) समेतको प्रक्रिया अनुसार सूचना प्रकाशन गर्न भन्ने मिति २०८०/१०/१९ मा भएको आदेश बमोजिम तपाईंका नाउँमा यो म्याद सूचना प्रकाशन गरिएको छ । सूचना म्याद प्रकाशन भएको मितिले १५ दिनभित्र आफू वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नुहोला,’ सूचनामा उल्लेख छ । 

Read More