सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार नै तोडिएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो ।
कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.८१ अकंले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९३१ बिन्दुमा कायम भएको छ । यो अंक ३० महिनायताकै उच्च हो ।



