प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छिटो नियुक्ती गर्न निर्देशन दिएको छ । साउन २४ गते बसेको अर्थ समितिको बैठकमा छलफलको क्रममा उठेको विषयलाई समेटेर समिति सभापति सन्तोष चालिसेले अध्यक्ष निर्देशन दिएका हुन् ।
उनले लामो समयदेखि रिक्त रहेको अध्यक्ष पदमा योग्य व्यक्ति नियुक्त गर्न सम्बन्धीत निकायलाई निर्देशन दिदै, पूँजी बजारमा देखिएका समस्या समाधानका लागि र धिताेपत्र बाेर्डसँग देखिएका समस्या समाधान र सुधारकाे याेजना प्रस्तुत गर्न १५ दिनकाे समय समेत दिएका छन् । उनले दिएकाे १५ दिनकाे समय सिमा धिताेपत्र बाेर्डकाे समस्या समाधान याेजना प्रस्तुत गर्न सकिएका तर, धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले निर्देशन दिएको भरमा नियुक्ती भइहाल्ने अबस्था छैन ।


