पशुपतिनगर भन्सारको राजस्व सङ्कलन घट्दै


  • Himalayan Bank Limited (HBL)
पशुपतिनगर भन्सारको राजस्व सङ्कलन घट्दै

प्रेम अधिकारी
पशुपतिनगर(इलाम) साउन २८ गते । 
इलामको पशुपतिनगर भन्सार कार्यालयमा आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ ।

पूर्वी नेपालको सीमा क्षेत्रमा रहेको पशुपतिनगर भन्सार कार्यालयले आव २०८०/०८१ मा तीन करोड ६८ लाख १५ हजार राजस्व उठाउने लक्ष्य राखेकोमा उक्त अवधिमा दुई करोड ७२ लाख ७१ हजार छ सय २१ रुपियाँ मात्र राजस्व सङ्कलन भएको हो ।
पशुपतिनगर भन्सार भएर नेपालमा उत्पादन भएको कृषिजन्य बस्तु भारत निकासी हुने गरेको छ ।

Read More