धितोपत्र बोर्डको अध्यक्ष छिटो नियुक्त गर्न अर्थ समितिको निर्देशन


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डको अध्यक्ष छिटो नियुक्त गर्न अर्थ समितिको निर्देशन

काठमाडौँ — प्रतिनिधिसभाको अर्थ समितिले धितोपत्र बोर्डको अध्यक्ष छिटो नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको छ ।लामो समयदेखि रिक्त रहेकोले धितोपत्र बोर्डको अध्यक्ष्य पदमा योग्य तथा उपयुक्त व्यक्तिलाई नियुक्तिको निर्देशन दिने निर्णय भएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

। पुँजीबजार संवेदनशील क्षेत्र भएको र आम लगानीकर्ताको आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्न पनि समितिले सबै सरोकारवालाहरुको ध्यानकर्षण गराएको छ ।

Read More