स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख पुर्याउने मन्त्री पौडेलकाे प्रस्ताव


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख पुर्याउने मन्त्री पौडेलकाे प्रस्ताव

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाएर पाँच लाख पुर्याउने प्रस्ताव गरेका छन् । अहिले एक लाख रुपैयाँ रहेको बीमाको दायरा बढाएर कम्तिमा पाँच लाख पुर्याउने  मन्त्री पौडेलकाे प्रस्ताव रहेकाे छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री पौडेलले यस्ताे जानकारी दिएका हुन् । उनले कर कोषबाट ल्याएर बीमामा रकम थप गरेर भएपनि स्वास्थ्य बीमाको रकम बढाउनुपर्ने बताएका छन्।

यसैगरी, मन्त्री पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने पनि जानकारी दिएका छन्। हाल दुई वटा प्रदेशमा मात्रै क्यान्सर उपचार सेवा संचालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने सरकारको तयारी रहेको छ।

Read More