भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु


  • Himalayan Bank Limited (HBL)
भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु गरेको छ । समितिको आइतबार बसेको बैठकले विधेयकमाथिको दफावार छलफल सुरु गरेको हो । 

दफावार छलफल सुरु गर्नुअघि विधेयकमा संशोधन गर्ने सांसदहरूले आफ्नो संशोधनको ब्यहोरा राखेका थिए । 

सभापति रामहरि खतिवडाले संशोधनकर्ता सांसदहरूले आफ्नो धारणा राखिसकेपछि समिति बैठक दफावार छलफलमा प्रवेश गरेको बताएका थिए । लगत्तै समितिका सचिव सुरजकुमार दुराले विधेयकको प्रस्तावना तथा संक्षिप्त नाम र प्रारम्भ बैठकमा पढेर सुनाएका  थिए । सांसदहरूले प्रस्तावना र संक्षिप्त नाममा कुनै संशोधन प्रस्ताव नगरेपछि बैठकले प्रस्तावना र संक्षिप्त नाम पारित भएको घोषणा गरिएको थियो ।

Read More