आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी


  • Himalayan Bank Limited (HBL)
आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको जनाएको छ ।

आर्थिक वर्ष (आव) २०७२/७३मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । 

विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ ३ दशमलव ३३ प्रतिशत र वितरणतर्फ ९ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो । 

Read More