रसुवा : गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ । आयातित सामग्रीमा इन्धन एवम् विद्युतीय सवारीसाधन, तयारी कपडा, रबर, जुत्ता, चप्पल, हातेझोला, होजियारी (मोजा आदि) कपडा, जुत्ता बनाउने सामग्री, स्याउ, लसुन, ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए ।
एक अर्ब ९६ करोड १८ लाख बराबरको सामान निर्यात भएको छ। जसमध्ये तामा र आल्मुनियमका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुडल्स, पास्ता, जडीबुटी, पछ्यौरा, दोसल्ला, बुक बाइन्डिङ गर्ने कपडा, तयारी कपडासमेत छन् ।
आयातीत सामानको परिमाण घटाइ विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिवाना गरिने भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा मम परिमाण देखाउने व्यापारीबाट ६१ करोड ६० लाख जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले बताए ।



