डीडीसीको डेढ अर्ब रुपैयाँको दुग्ध पदार्थ म्याद सकिने अवस्थामा


  • Himalayan Bank Limited (HBL)
डीडीसीको डेढ अर्ब रुपैयाँको दुग्ध पदार्थ म्याद सकिने अवस्थामा

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले विक्री नभएको भन्दै थन्क्याएर राख्दा डेढ अर्ब रुपैयाँभन्दा बढी मूल्यको धूलो दूध र नौनी म्याद गुज्रिने अवस्थामा पुगेको संस्थानका एक उच्च अधिकारीले बताएका छन् । 

म्याद सकिने डरले यी दुग्ध पदार्थ सस्तोमा विक्री गर्न संस्थानले हालै दुईपटक प्रस्ताव आह्वान गरिसकेको छ । उसले उक्त दुग्ध पदार्थ होलसेलमा विक्री गर्न प्रस्ताव आह्वान गरेको हो ।

ठूलो परिमाणमा दुग्ध पदार्थ विक्री नभएको भन्दै संस्थान र निजीक्षेत्रका डेरीहरूले किसानको करीब ४ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गरेका छैनन् । डीडीसीले मात्र करीब २ अर्ब रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । 

संस्थानको ९८३ मेट्रिक टन धुलो दूध र ७७७ मेट्रिक टन नौनी म्याद सकिने अवस्थामा पुगेको स्रोतको भनाइ छ । हाल संस्थानले तोकेको भाउअनुसार मौज्दात दुग्ध पदार्थको मूल्य १ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ हुन्छ । 

Read More