चिनीको मूल्य ३ सातामै १० रुपैयाँ वृद्धि : अझै महँगो चिनी ल्याउने तयारी


  • Himalayan Bank Limited (HBL)
चिनीको मूल्य ३ सातामै १० रुपैयाँ वृद्धि : अझै महँगो चिनी ल्याउने तयारी

काठमाडौँ — उद्योगीहरूले औद्योगिक प्रयोजनका लागि पनि आयात गर्न नचाहेको महँगो मूल्यको चिनी उपभोक्तालाई बिक्री गर्ने प्रयोजनमा भने आउने भएको छ । यसअघि महँगो भएकै कारण सरकार सम्बद्ध निकाय अर्थात् साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउन चाहेका थिएनन् । 

सरकार सम्बद्ध निकायले चिनी आयात गर्न नचाहेपछि सरकारले औद्योगिक प्रयोजनका लागि आयात गर्न सूचना निकालेको थियो । त्यसमा ९ निजी कम्पनीले इच्छा देखाए पनि आयात गर्दा महँगो पर्ने देखेपछि उनीहरू हच्किएका थिए । तर अहिले उद्योगी व्यवसायीले सर्वसाधारणलाई बिक्री गर्ने अर्थात् उपभोक्ता प्रयोजनमा चिनी ल्याउने देखिएको छ । यसको अर्थ हो— व्यापारका लागि ल्याइने चिनी पक्कै सस्तो हुने छैन ।

Read More