आर्थिक मन्दिको असर: म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो


  • Himalayan Bank Limited (HBL)
आर्थिक मन्दिको असर: म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो

काठमाडौँ ।  म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्यवसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन् । कार्यालयका अनुसार २०८०/८१ मा ३१ उद्योग र ५३ व्यवसायिक फर्म खारेज भएका हुन् । आर्थिक वर्ष २०७९/८० मा १४ उद्योग र २९ व्यवसायिक फर्म खारेज भएका थिए । सो अवधीमा एक सय एक वटा उद्योग र एक सय १० वटा व्यवसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषानाथ शर्माले बताए ।

Read More