काठमाडौं : बंगलादेशको सेयर बजारमा बिहीबार पनि वृद्धि देखिएको छ । त्यहाँको प्रमुख ढाका स्टक एक्सचेन्जको बेन्चमार्क ‘डीएसइएक्स’ सूचकांक बिहीबार ५.४४ प्रतिशर बढेको छ । सूचक ३०६ अंकले बढेर ५९२४ विन्दुमा पुगेको छ । यता, ‘डीएस ३०’ इन्डेक्स पनि ५.४६ प्रतिशत बढेको ढाका स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार बजार ५२२९ विन्दुबाट बढेर ५४२६ विन्दुसम्म पुगेको थियो । त्यस्तै, बुधाबर मार्केट ५६१८ विन्दुमा पुगेको थियो । बिहीबार पनि बढेको छ । बंगलादेशको सेयर बजारमा २०२४ को फेब्रुअरी ११ देखि जुन महिनासम्म निरन्तर जसो घटेको थियो । बजार ६४४७ विन्दुबार जुन १२ सम्म ५ हजार विन्दुसम्म झरेको थियो । यो ३ वर्ष यतालै सबैभन्दा न्यून विन्दु थियो । अहिले बजार उक्त लोबाट बढेर करिब ६ हजार विन्दुसम्म पुगेको छ ।



