बहुबैंकिङ र बिग्रिँदो कर्जा अनुशासनले लघुवित्तमा समस्या


  • Himalayan Bank Limited (HBL)
बहुबैंकिङ र बिग्रिँदो कर्जा अनुशासनले लघुवित्तमा समस्या

२४ साउन, काठमाडौं । अर्थ मन्त्रालयले लघुवित्त समस्या समाधानका लागि गठन गरेको समितिले लघुवित्त समस्याको एक दर्जनभन्दा बढी कारण पहिचान गर्दै समाधानको सुझाव समेत सिफारिस गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको नेतृत्वमा गठित समितिले स्थलगत अध्ययन गरेको थियो । समितिले लघुवित्त वित्तीय संस्थाको उच्च विस्तार, निश्चित भौगोलिक क्षेत्रमा संस्थाहरूको उच्च सघनतालाई लघुवित्त क्षेत्रको समस्याका कारण औंल्याइएको छ ।

Read More