वाणिज्य बैंकले बुझाए ३० अर्ब कर


  • Himalayan Bank Limited (HBL)
वाणिज्य बैंकले बुझाए ३० अर्ब कर

काठमाडौं : वाणिज्य बैंकहरूले सरकारलाई वर्षमै २९ अर्ब ९८ करोड ८९ लाख रुपैयाँबराबरको आयकर बुझाएका छन्। आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले उक्त रकमबराबरको आयकर सरकारलाई बुझाएका हुन्।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४.४१ प्रतिशत बढी हो। अर्थात् अघिल्लो वर्षभन्दा गत वर्ष बैंकहरूले ४ अर्ब ७ करोड ६० लाख २१ हजार रुपैयाँ बढी आयकर बुझाएका छन्। आव २०७९/८० मा बैंकहरूले २५ अर्ब ९१ करोड २८ लाख ८१ हजार रुपैयाँबराबरको आम्दानीबापतको कर बुझाएका थिए। 

 गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ बराबरको कुल नाफा गरेका छन्। जसबाट बैंकहरूले ‘आयकर ऐन २०५८’ अनुसार ३० प्रतिशत सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ। 

Read More