बेलायतबाट प्राप्त हुने तेह्र अर्ब बढी अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय


  • Himalayan Bank Limited (HBL)
बेलायतबाट प्राप्त हुने तेह्र अर्ब बढी अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । नेपाल सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रम अन्तर्गत १३ अर्ब आठ करोड रुपैयाँ अनुदान स्विकार्ने भएको छ ।

मन्त्रिपरिषद्को आजको निर्णयले बेलायतबाट प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धिलाई बढवा दिनेसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५८ करोड) र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५० करोड) अनुदान सहायता स्विकार्ने निर्णय गरेको हो।

Read More