डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका चार उद्योगले बक्यौता बुझाएका छन्।
केही दिनअघि दुई उद्योगले बक्यौता बुझाएका थिए। आज थप दुई उद्योगले बक्यौता बुझाएका हुन्।
प्राधिकरणका अनुसार यशोदा फुड्स प्रालिले चार लाख २५ हजार २३१ रूपैयाँ र जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रूपैयाँ बक्यौता बुझाएका छन्।
सोना प्याकेजिङले तीन लाख ५५ हजार ६७ रूपैयाँ र सोना पोलिमर्सले तीन लाख ४६ हजार ३८९ रूपैयाँ बुझाएका हुन्।
प्राधिकरण र ६१ वटा उद्योगबीच डेडिकेटेड र ट्रंक लाइनको विद्युत बक्यौताको विषयमा विवाद चल्दै आएको छ।



