काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ६.७० अंकले बढेको छ । आज नेप्से परिसूचक २७६६.३८ विन्दूमा सीमित भएको हो । आज कुल ५ करोड ९ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै २० अर्ब ७ करोड ४ लाख रूपैयाँको सेयर कारोबार भएको हो ।
कुल ७९ कम्पनीको सेयर मूल्य बढ्यो भने १५९ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसमुह ४५३.८९ अंकले बढ्यो । यस्तै जलविद्युत् २९.८७ र व्यापार १८.२३ अंकले बढ्यो ।


