काठमाडौँ । पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले आफूले सेयर बजारको हितकै लागि बोल्दा विरोधको सामना गर्नुपरेको बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै महतले यस्तो बताएका हुन् ।
उनले अहिले सेयर बजार निरन्तर बढिरहेको र बढिरहेको बजारमा भइरहेको इन्साइडर ट्रेडिङको विषयमा बोल्दा लगानीकर्ताले प्रेस विज्ञप्ति नै निकालेर विरोध गरेको बताए ।



