नेपाल धितोपत्र बोर्डको तदर्थ अध्यक्षको जिम्मेवारीमा रहेका भन्सारका सहसचिव महेश बराल पनि स्वार्थ समुहले परिचलान गर्ने सम्भावना देखिएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख रहेका बरालले धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी समेत सम्हालिरहेका छन् । स्वार्थ समुहकै बलमा बोर्डको अध्यक्ष समेत बनेको आरोप लागेका बरालले सोही आरोपलाई पुष्टि हुने गरि आफ्नो पहिलो महत्त्वपूर्ण निर्णय नै स्वार्थ समुहले गराउन सक्ने सम्भावना रहेको छ।



