पिपुल्स इनर्जीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको हो । आईपीओ जारी गर्न सबै प्रक्रिया पुरा गरी बोर्डमा आवेदन दिएको कम्पनीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
उक्त कम्पनीलाई आइपीओ जारी गर्न विद्युत नियमन आयोगले गत साउन २२ गते सहमति दिएको थियो । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।


